वायु सेवा निगमले ज्येष्ठ नागरिकलाई आजदेखि आन्तरिक उडानमा ५० प्रतिशत छुट दिने

Advertisement

काठमाडौं । नेपाल वायु सेवा निगमले आन्तरिक उडानमा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट दिने भएको छ । उक्त भाडामा दिने ५० प्रतिशत छुट ज्येष्ठ नागरिकलार्य बुधबारदेखि नै लागू भएको वायुसेवा निगमले जनाएको हो ।

७० वर्ष माथि उमेरका ज्येष्ठ नागरिकलाई आन्तरिक उडानमा आधा भाडा छुट दिन निगम तयार भएको हो । चालु आर्थिक वर्षमा मन्त्रालयबाट गरिने कामलाई सोमबार मन्त्री भट्टराईले बुँदागत रुपमा उल्लेख गरेका हुन् ।

त्यस्तै, नेपाल वायुसेवा निगमलाई सार्वजनिक कम्पनीको रुपमा सञ्चालन गर्ने, नेपाल भ्रमण वर्ष २०२० मा कम्तीमा २० लाख पर्यटक ल्याउन प्रमुख १० वटा स्रोत बजारहरुको पर्यटक आगमन प्रक्षेपण र त्यसका लागि आवश्यक कार्यक्रम संचालन गर्ने उल्लेख छ ।

उनका अनुसार तत्काल प्राविधिक तयारी पूरा नभएका कारण हाललाई सेल्स अफिसबाट टिकट लिने ज्येष्ठ नागरिकले मात्र उक्त सुविधा उपभोग गर्न पाउने निगमले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement