संविधान दिवसको अवसरमा चितवन मेडिकल कलेजमा आज ओपिडीको टिकट निःशुल्क

Advertisement

भरतपुर । चितवन कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालले संविधान दिवसका अवसरमा आज बिहीबार बहिरङ्ग (ओपिडी) तर्फको टिकट निःशुल्क गरेको छ । अस्पतालका प्रमुख सञ्चालन अधिकृत डा शुप्रभात श्रेष्ठका अनुसार अस्पतालको सामाजिक उत्तरदायित्व अभियान र सरकारको अभियानलाईसमेत सफल बनाउन (ओपिडी) तर्फको टिकट निःशुल्क गरिएको हो ।

विगत दुई दशक बढी सयमदेखि मेडिकल सिटि चितवनमा गुणस्तरीय उपचार सेवा दिदै आएको छ । अस्पताल मुलुककै पुरानो र मेडिकल सिटि चितवनको पहिलो मेडिकल कलेजसमेत हो ।

हाम्रो सामाजिक दायित्वलाई पुरा गर्दै आम सर्वसाधारणहरुको सहजताका लागि यो घोषणा उपयोगी हुने उनले बताए । अस्पतालले विभिन्न समयमा सामाजिक उत्तरदायितवअन्र्तगत सव भिन्न काम गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement