सिटिजन लाइफको साधारणसभा असोज २९ गते, ७५ करोडको आईपीओ निष्काशन गर्ने प्रस्ताव

Advertisement

काठमाडौं । सिटिजन्स लाइफ इन्सुरेन्सले असोज २९ गते आईपिओ निष्काशन गर्ने प्रस्तावसहित दोस्रो वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले होटल हिमालयन, कुपण्डोल, ललितपुरमा दिउसो ३ बजे साधारणसभा आह्वान गरेको हो ।

इन्योरेन्सले साधारण सभामा चुक्ता पूँजी बृद्धि गर्न ७५ करोडको आइपीओ निष्काशन गर्ने प्रस्ताव राखिनेछ । हाल एक अर्ब ७५ करोड रुपियाँ चुक्ता पूँजी रहेको सिटिजन लाइफ इन्स्योरेन्सले ७५ करोड रुपियाँको आईपिओ निष्काशन गर्ने तयारी गरेको छ । कम्पनीले आईपिओ जारी गरेर चुक्ता पुँजी २ अर्ब ५० करोड पुर्याउनेछ ।

हाल कम्पनीले देशभरका ८० स्थानहरुमा रहेका शाखाहरुमार्फत् आफ्नो सेवा प्रदान गर्दै आएको छ । हालै विभिन्न ९ ओटा योजनाहरुमार्फत् आफ्ना बीमा कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement