संविधान दिवसको अवसरमा सुन्दर यातायातले आज दिनभर निःशुल्क सेवा दिने

Advertisement

काठमाडौं । संविधान दिवसको अवसरमा शुक्रबार सुन्दर यातयातले भाडा नलिने भएको छ।

काठमाडौंको रिंगरोडमा चलिरहेका विद्युतीय बसमा निःशुल्क सेवा दिएको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले बताए। ‘संविधान दिवसको अवसर पारेर छुट दिएका हौं,’ थापाले भने।उनका अनुसार शुक्रबार बेलुका ५ बजेसम्म चारवटा बसले निःशुल्क सेवा प्रदान गर्नेछन्।

हालै संचालनमा आएको सुन्दर यातायातले विद्युतीय बस भित्र्याएको छ। अहिले चक्रपथमा सुन्दर यातायातका विद्युतीय बस संचालनमा रहेका छन्।

Advertisement

Advertisement

Advertisement