फ्रान्सेली पर्यटकको हेलिकप्टरबाट उद्धार

Advertisement

लाप्राक । धार्चे गाउँपालिका–४ लाप्राकबाट फ्रान्सेली पर्यटकको उद्धार गरिएको छ ।

मनास्लु पदमार्ग हुँदै लार्केपास गर्न यही असोज एक गते लाप्राक आएकी ७२ वर्षीया फ्रान्सेली नागरिक यान म्यारी सिकिस्त बिरामी परेपछि हेलिकोप्टर चार्टर गरी आज बिहान उद्धार गरिएको वडा नं ४ का वडाध्यक्ष राज गुरुङले जानकारी दिएका छन् ।

“धार्चेको लाप्राक आएदेखि नै उनले बिरामी भएको बताइन्”, वडाध्यक्ष गुरुङले भने, “घटनाका बारेमा सम्बन्धित ट्राभल एजेन्सीलाई जानकारी गरायौँ, आज बिहान हेलिकोप्टर आएपछि उपचार लागि पठाइएको हो । पदमार्गका हिँडेकी पर्यटक आकस्मिक बिरामी परेको बिहीबार नै जानकारी पाए पनि मौसम खराबीका कारण आज बिहान मात्र उद्धार गर्न सफल भएको यती माउण्टेन एडभेन्चरका प्रबन्धक गुरुङले जानकारी दिए ।

उद्धार गरिएकी म्यारीको काठमाडौँ लाजिम्पाटस्थित सिभिक क्लिनिकमा उपचार भइरहेको उनले जानकारी दिए । म्यारी छोरासहित गाइड र पोर्टर लिएर मनास्लु पदमार्ग हुँदै लार्केपासका लागि आउनुभएको थियो ।

Advertisement

Advertisement

Advertisement