भिभिआइपीका लागि खरिद गरिएको एक अर्ब ४० करोडको हेलिकोप्टर काठमाडौं आइपुग्यो

Advertisement

काठमाडौं । सरकारले अति विशिष्ट व्यक्ति (भिभिआइपी) का लागि भन्दै खरिद गरेको हेलिकोप्टर काठमाडौं आइपुगेको छ।

उक्त हेलिकोप्टर दिउँसो साढे ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थल टावर कन्ट्रोल रुमका प्रमुख सीताराम भण्डारीले बताए।

एक अर्ब ४० करोड रुपियाँमा खरिद गरिएको हेलिकोप्टरको क्षमता ८ सिट रहेको छ।
नेपाली सेनाले सञ्चालन गर्नेगरी खरिद गरिएको उक्त हेलिकोप्टरको नेपाली दर्ता नम्बर ‘नाइएन–पिएमए’ हुनेछ।

इटालीबाट खरिद गरिएको यो हेलिकप्टर नेपाली सेनाको स्वामित्व र सञ्चालन हुने भए पनि यसको दर्ता र नियमन भने नागरिक उड्डयन प्राधिकरणको रहनेछ। यो हेलिकोप्टर सञ्चालनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाटै अनुमति लिनुपर्नेछ।

Advertisement

Advertisement

Advertisement