राजतन्त्र पुनस्थापनाका लागि अन्तर्राष्ट्रिय समर्थन जुटाउने भन्दै राणा र लोहनी विदेश हिंडे

Advertisement

काठमाडौं । नेपालमा राजसंस्था पुनस्थापनाका लागि अन्तर्राष्ट्रिय समर्थन जुटाउन भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्षद्धय पशुपति शमशेर जबरा र प्रकाशचन्द्र लोहनी विदेश हिँडेका छन् ।

दशैंतिहारलगत्तै हिन्दूराष्ट्र र राजसंस्था पुनस्थापना गर्ने गरी पछिल्लो समयमा केही दल तथा समूहरु सक्रिय रहेको बेला राणा र लोहनी बाहिरिएका हुन् । राणा यतिबेला भारतको नयाँ दिल्लीमा राजनीतिक भेटघाटमा छन् भने लोहनी अमेरिकामा माहौल बनाउँदैछन् ।

तिहारपछि नेपामा जसरी पनि राजसंस्था पुनस्थापना गराउने आन्दोलनरत पक्षको भनाई छ । त्यसका लागि उनीहरुले जनतालाई जागरुप बनाउने र हिन्दु राष्ट्र तथा राजसंस्थाका पक्षमा एक हुन आवहान गरिरहेका छन् । यही माहौलमा राणा र लोहनी अन्तर्राष्ट्रिय समर्थन जुटाउन भन्दै बाहिरिएका हुन् । राणा र लोहनीले बाहिर रहेका नेपालीहरुलाई पनि हिन्दु राष्ट्र र राजसंस्थाका पक्षमा एक हुन आग्रह गर्ने स्रोतले बताएको छ ।

भारतीय नेताहरुसँग राम्रो सम्वन्ध राख्ने अध्यक्ष राणा खासगरी सत्तारुढ दल भारतीय जनता पार्टीका नेताहरु भेटेर नेपालको अवस्था र जनताको चाहना हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा रहेको जानकारी दिने कार्यक्रम रहेको बताइएको छ । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्र राममाधवदेखि रक्षामन्त्रीराजनाथ सिंह र गृहमन्त्रीलगायतलाई भेट्ने योजना बनाएका छन् ।

Advertisement

Advertisement

Advertisement