एनआईसी एशियाका ग्राहकलाई भाटभटेनीमा एक हजार रुपियाँसम्म छुट

Advertisement

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र भाटभटेनी सुपरमार्केटबीच डेबिट एवम् क्रेडिट कार्ड मार्फत् लत्ताकपडा तथा जुत्ता खरिद गर्दा प्रत्येक खरिदमा १५ प्रतिशत रकम वा अधिकतम एक हजार रुपियाँसम्म छुट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौता अनुसार भाटभटेनी सुपरमार्केटमा सामान खरिद गर्ने बैंकका ग्राहकहरुले उक्त छुट प्राप्त गर्नेछन् । साथै यस बैंकमा खाता नभएका इच्छुकहरुले भाटभटेनी सुपरमार्केटमा रहेको एनआईसी एशिया बैंकको स्टल तथा प्रतिनिधिमार्फत् नयाँ खाता खोल्न सक्ने छन् र इन्स्ट्यान्ट कार्ड प्राप्त गर्न सक्ने छन् ।

सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र भाटभटेनी सुपरमार्केटको तर्फबाट सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले हस्ताक्षर गरेका छन् । असोज ८ गतेदेखि कात्तिक १६ गतेसम्म लागू हुने यो योजनाबाट ग्राहकहरुले चाडपर्वको समयमा अधिकतम लाभ लिन सक्ने विश्वास बैंकले लिएको छ ।

Advertisement

Advertisement

Advertisement