इन्टरनेट सेवा प्रदायकले अशुल्दै आएको मर्मत सम्भार शुल्कमा ६ प्रतिशत कर लगाइने

Advertisement

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले साउनअघि इन्टरनेट सेवा प्रदायकले उपभोक्तासँग मर्मत सम्भार शुल्कबापत अशुल गर्दै आएको रकममा ६ प्रतिशत कर लगाउने निर्णय गरेको छ । गत साता बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

सेवा प्रदायकले असुलेको रकममा ग्रामीण दूरसञ्चार कोष शीर्षकमा २ प्रतिशत र रोयल्टी शीर्षकमा ४ प्रतिशत रकम उठाउने निर्णय गरिएको प्राधिकरणले जनाएको छ । तर, सेवा प्रदायकबाट यो शीर्षकमा कति रकम उठ्ने हो भन्ने एकिन भएको छैन ।

साउनमा मन्त्रिपरिषद्ले दूरसञ्चार नियमावली संशोधन गर्दै सेवा प्रदायकले मर्मत सम्भार शुल्कबापत रकम लिन पाउने व्यवस्था गरेको थियो । संशोधनअघि नियमावलीमा सेवा प्रदायकले मर्मत सम्भार शुल्कबापत कुनै शुल्क लिन नपाउने व्यवस्था थियो । नियमावलीमा यस्तो व्यवस्था भएपनि सेवा प्रदायकले उपभोक्तासँग मर्मत सम्भार शुल्क लिनेगरेका थिए । उनीहरूले मर्मत सम्भारबापत उठाएको शुल्कको भ्याट मात्रै तिर्दै आएका थिए । कान्तिपुर दैनिकमा खबर छ ।

Advertisement

Advertisement

Advertisement