राष्ट्र बैंकले १० अर्ब ३३ करोडको ट्रेजरी बिल बिक्रि गर्ने

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजबाट १० अर्ब ३३ करोड रुपियाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले एक सूचनामार्फत बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

बैंकका अनुसार ९१ दिने अवधिका लागि रु चार अर्ब तीन करोड बराबरको ट्रेजरी बिल बिक्री गरिनेछ । उक्त बिल आगामी पुस ८ गते परिपक्व हुनेछ । यस्तै १८२ दिनका लागि रु चार अर्ब ३० करोड बराबरको ट्रेजरी बिल बिक्री गरिनेछ ।

बैंकले यसअघि भदौ ३० मा १२ अर्ब २३ करोडको ट्रेजरी बिल बिक्री गरेको थियो । ट्रेजरी बिल छोटो अवधिको सरकारी ऋणपत्र हो । यो सधै एक वर्ष भन्दा कम अवधिको हुन्छ ।

सरकारलाई तत्कालै ऋण चाहिएको खण्डमा यस्तो ऋणपत्र जारी गर्ने गर्छ । राष्ट्र बैंकले आवस्यकता अनुसारको समयमा ट्रजरी बिल जारी गर्न सक्छ ।

सो बिल आगामी चैत ११ गते परिपक्व हुनेछ । ३६४ दिने अवधिका लागि रु दुई अर्ब बराबरको ट्रेजरी बिल बिक्री हुनेछ । त्यसको परिपक्व हुने अवधि आगामी असोज ६ गते रहेको छ ।

ट्रेजरी बिल २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ अवधिको हुन्छ । तर, नेपालमा २८ दिने बिल भने धेरै प्रचलनमा छैन ।

Advertisement

Advertisement

Advertisement