सानिमा बैंकको साधारणसभा असोज २९ मा, ११.०५ प्रतिशत बोनस सेयर पास हुँदै

Advertisement

काठमाडौं । सानिमा बैंकले गत आर्थिक वर्ष २०७५।७६ को लाभांश वितरण गर्न १५औँ वार्षिक साधारणसभा आब्हान गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले नक्साल ब्याङ्केट नारायणचौर काठमाडौंमा बिहान ११ बजे साधारण सभा गर्ने निर्णय गरेको हो ।

साधारणसभामा बैंकले गत आर्थिक वर्ष २०७५।७६ को मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर सहित ११.०५२६ प्रतिशत नगद लाभांश गरी कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदै छ।

हाल ८ अर्ब १२ लाख चुक्ता पूँजी रहेको बैंकको ८० करोड १ लाख रुपियाँको बोनस वितरणपश्चात चुक्ता पूँजी ८ अर्ब ८० करोड १३ लाख रुपियाँ पुग्नेछ ।

त्यसैगरी बैंकको साधारण सभाले कुनै बैंक तथा वित्तीय संस्थाहरु प्राप्ती वा मर्जर गर्न आवश्यक सहमतिरसम्झौता गर्ने लगायत सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्ने जनाइएको छ ।

लाभांश वितरण गर्न तथा साधारणसभा प्रयोजनको लागि बैंकले असोज १३ गते १ दिनको लागि बुकक्लोज गर्ने भएकाले असोज १२ गतेसम्म कायम भएका सेयरधनीहरुलेमात्र बैंकले वितरण गर्ने लाभांश पाउने छन्।

Advertisement

Advertisement

Advertisement