चार जीवन बीमा कम्पनीको शुल्कमा अनलाईन भुक्तानीको व्यवस्था गर्न बीमा समितिको निर्देशन

Advertisement

काठमाडौं । बीमा समितिले वैदेशिक रोजगार (म्यादी जीवन बीमा) को बीमा शुल्क अनलाईनबाट भुक्तानी गर्ने व्यवस्था मिलाउने चार जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ।

समितिले नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड, सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड, युनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र रिलायबल नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई विदेशस्थित नेपाली कुटनीतिक नियोगबाट पुनः श्रम स्वीकृति दिँदा अनलाईनबाटै बैदेशिक रोजगार बीमा प्रिमियम शुल्क भुक्तानी गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो।

विदेशमा रहेका कामदारहरुले सम्बन्धित मुलुक हेर्ने नेपाली कुटनीतिक नियोगबाट बढीमा दुई पटक श्रम स्वीकृति लिन सकिने व्यवस्था छ। त्यस अनुसार विदेशबाट श्रमस्वीकृति नवीकरण गर्दा समस्या भएको भन्दै बीमा बापत बुझाउनुपर्ने रकम अनलाईन मार्फत भक्तानी गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो।

अनलाईनबाट भुक्तानी गर्न सकिने भएसंगै बीमितले नवीकरण शुल्क सजिलै भुक्तानी गर्न सकिनेछ । अब विदेशमा भएका नेपालीले पनि भिषाको म्याद थप र पुनः श्रम स्वीकृतिको लागि नेपाल नै आउनै पर्ने बाध्यता हटेको छ ।

Bima-nirdesan

Advertisement

Advertisement

Advertisement