प्रभु बैंकको नयाँ शाखा कार्यालय चितवनको कुरिनटारमा

Advertisement

काठमाडौं । प्रभु बैंकले चितवन जिल्लाको इच्छाकामना गाउँपालिकाको कुरिनटारमा आप्mनो १९६औं शाखा कार्यालयको रुपमा कुरिनटार शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकको कुरिनटार शाखा कार्यालयको समुद्घाटन इच्छाकामना गाउँँपालिकाकी अध्यक्ष गीताकुमारी गुरुङले गरेकी हुन् ।

बैंकको कुरिनटार शाखा कार्यालयको समुद्घाटन गर्दै प्रमुख अतिथी तथा गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले प्रभु बैंकले आप्mनो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ पहुँच नपुगेको ठाउँमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको तथा प्रभु बैंकको यो अभियानले बैंकिङ पहुँचमा वृद्धि मात्र भएको नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको भन्दैै प्रभु बैंकको सफलताको कामना गर्दै आप्mनो मन्तव्य राखिन् । बैंकको कुरिनटार शाखा कार्यालय समुद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवीलगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

बैंकको कुरिनटार शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा प्रवाह हुनेभएकोले यहाँका स्थानीयबासिन्दा, सर्वसाधारण, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ बानीको विकास भई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा कुरिनटार शाखाकार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

प्रभु बैंकले गत आर्थिक वर्षमा दुई खर्ब ८६ अर्ब ७६ करोड ९३ हजार रुपियाँसंचालन मुनाफा गरेको थियो । बैंकले हाल १९६ शाखा, ३४ एक्टेन्सन काउण्टर, १९ शाखारहित बैंकिङ सेवा तथा १५२ एटिएममार्फत अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement