ह्वावेको नोभा फाइभ टी सार्वजनिक

Advertisement

काठमाडौं । ह्वावे कन्ज्युमर बिजनेस ग्रुप (सीबीजी) ले नयाँ स्मार्टफोन ह्वावे नोभा फाइभ टी आज नेपाली बजारमा सार्वजनिक गरेको छ । नेपालभर उपलब्ध रहेको नोभा फाइभ टीले ग्राहकहरूलाई सहज रूपमा मोबाइल फोन प्रयोगको प्रिमियम अनुभव प्रदान गर्दछ ।

आकर्षक र फ्युचरिस्टिक डिजाइन र पाँचवटा फाइभ एआई क्यामराहरू भएको नोभा फाइभ टी फेसनमा चाख राख्ने सामाजिक संजालका प्रयोगकर्ताहरूका लागि सर्वोत्तम स्मार्टफोन हो । ह्वावे नोभा फाइभ टी नेपालमा असोज ५ गतेबाट उपलब्ध हुनेछ र यसको मूल्य रुपियाँ ५३,९०० तोकिएको छ ।

सामाजिक संजालका लागि सबैभन्दा उत्कृष्ट सट महत्वपूर्ण रहेको अहिलेको समयमा ह्वावे नोभा फाइभ टी ले सामाजिक संजालका उत्साही प्रयोगकर्ताहरूलाई फोटो वा भिडियोसम्बन्धी कामहरू गर्नका लागि यसमा उत्कृष्ट टुलहरू रहेका छन् ।

ह्वावे नोभा फाइभ टी का प्रयोगकर्ताहरू प्रिमियम मोबाइल फोटो र भिडियो क्यामराहरूबाट लाभान्वित हुन्छन् साथै रमाइला पलहरू कैद गर्नका लागि सहज बनाउँछ । ह्वावेका स्मार्टफोनहरू मोबाइल फोटोग्राफी पावरहाउसका रूपमा प्रचलित छन् र नोभा सिरिज पनि सोही अन्तर्गत पर्दछन विशेषगरी सेल्फी क्यामराका लागि ।

अल्ट्रा– क्ल्यारिटीसहितको ह्वावे नोभा फाइभ टी को ३२ एमपी फ्रन्ट क्यामराले सूक्ष्म रूपमा स्पष्टताका साथ हरेक वस्तुलाई कैद गर्दछ । हाई डेफिनेसन, अल्ट्रा–वाइड एंगल, म्याक्रो तथा डेफ्थ अफ फिल्ड फोटोग्राफी सपोर्ट गर्ने चारवटा रियर एआई क्यामराहरूजडित नोभा फाइभ टीले एउटै सटमा भास्ट ल्याण्डस्केपदेखि क्लोजअप सटहरूसहित सबै खाले तस्वीरहरू खिच्दछ ।

यसमा ४८ एमपीको एचडी लेन्स, १६ एमपी वाइड एंगल लेन्स, २ एमपी म्याक्रो लेन्स र २ एमपी बोकेह लेन्स रहेको छ जसले फोटोको हरेक वस्तुलाई स्पष्ट रूपमा प्रस्तुत गर्ने र सबैखाले प्रकाशमा पनि एक्सपोजरलाई सन्तुलित बनाई राख्छ ।

एआई इमेज स्टेबलाइजेसन, अटो एक्सपोजर लक तथा अटो फोकस लक जस्ता एआई इन्ह्यान्स्ड फोटोग्राफी प्रविधिले तस्वीरहरू स्पष्ट र सूक्ष्म रूपमा खिच्दछ । यस मोबाइल फोनमा भएको शक्तिशाली अटोमेटिक भिडियो एडिटिङ सुविधाबाट नोभा फाइभ टीका प्रयोगकर्ताहरु लाभान्वित हुन्छन् । एआई एचडीआर तथा एलगरिदम भएको नोभा फाइभ टी मार्फत् प्रयोगकर्ताहरूले अँध्यारोमा पनि अविश्वसनीय पोट्रेट सटहरू खिच्न सक्छन् ।

ह्वावे नोभा फाइभ टी मा प्रिमियम किरिन ९८० एआई प्रोसेसर जडित छ र ८ जीबी ¥याम तथा शक्तिशाली इएमयूआई ९.१ अपरेटिङ सिस्टम रहेको छ । नोभा फाइभ टीमा भएको २२.५ ह्वावे सुपरचार्ज प्रविधिले फोन चाँडै चार्ज हुन्छ । मोबाइल उद्योगकै अग्रणी जीपीयू टर्बो ३.० हार्डवेयर–सफ्टवेयर इन्टिग्रेटेड ग्राफिक प्रोसेसिङ एक्सेलेरेसन प्रविधिले फूल फ्रेमिङ गेमिङ अनुभव प्रदान गर्छ ।

६.२६ इन्च ह्वावे पन्च फूल भ्यू डिस्प्ले भएको नोभा फाइभ टी को तौल मात्र १७४ ग्राम रहेको छ । वेफर जस्तो पातलो यस फोनको मोटाई ७.८७ एमएम रहेको छ जसले आकर्षक डिस्प्ले र स्लेन्डर लुक प्रदान गरेको छ ।

तीन वटा आकर्षक रंगहरू नीलो (क्रस ब्ल)कालो र बैजनी (मिडसमर पर्पल) मा उपलब्ध रहेको छन् । ह्वावेको प्रोपाइटरी एक्सटेन्डेबल रिड–अन्ली फाइल सिस्टमले औसत यान्डम रिड स्पीडलाई २० प्रतिशतले बढाउँछ । यसले रोम साइजलाई घटाएर सिस्टम स्टोरेज स्पेस बचाउन सघाउँछ ।

ह्वावे नोभा फाइट टी सामाजिक संजालमा आफ्नो रमाइला र स्मरणीय पलहरू तथा आफ्नो जीवनका दैनिक गतिविधि सेयर गर्न चाहाने प्रयोगकर्ताहरूका लागि सर्वोत्कृष्ट साबित हुन्छ । अत्याधुनिक पाँच वटा एआई क्यामराहरू भएको, आकर्षक डिजाइनका साथ नोभा फाइभ टी कन्टेन्ट क्रियटरहरूका लागि निकै लाभदायी हुनेछ ।

Advertisement

Advertisement

Advertisement