असोज १० देखि १७ गतेसम्म नयाँ नोट साट्न सकिने

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैं तिहार लगायत चाडपर्व लक्षित गरी नयाँ तथा सुकिला नोट साँट्ने मिति र स्थान तोकेको छ।

खासगरी साना दरका नयाँ तथा सुकिलो नोटको माग पूरा गर्न राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग बालुवाटार र विराटनगर जनकपुर, वीरगंज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट साँट्न सकिनेछ।

त्यसैगरी राष्ट्रिय वाणिज्य बैंक नेपाल बैंक  र कृषि विकास बैंकका उपत्यकाका विभिन्न शाखाबाट नयाँ नोट साँट्न सकिनेछ।

ती बैंकका तोकिएका शाखा कार्यालयबाट असोज १० गतेदेखि १७ गतेसम्म ५, १०, २०, ५० र सय रुपियाँ दरका एक एक प्याकेट गरी प्रतिव्यक्ति अधिकतम १८ हजार ५ सय रुपियाँसम्म नयाँ नोट साट्न सकिनेछ। त्योभन्दा बढी साँट्न चाहने ग्राहकका लागि भने सुकिलो नोट उपलब्ध गराउने राष्ट्र बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement