एनआईसी एशिया र सेल्सबेरीबीच सम्झौता, सामान खरिद गर्दा १५ प्रतिशतसम्म छुट

Advertisement

काठमाडौं । एनआईसी एशिया बैंक र सेलवेज क्यास एण्ड क्यारी अन्तर्गतका सेल्सबेरी र सेलवेज डिपार्टमेन्ट स्टोरबीच एनआईसी एशिया बैंकको मोबाइल बैंक एप प्रयोग गरी क्युआर मार्फत् सामान खरिद गर्दा १५ प्रतिशत वा अधिकतम पाँच सय सम्म छुट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौता अनुसार सेल्सबेरी तथा सेलवेज डिपार्टमेन्ट स्टोरमा सामान खरिद गर्दा एन आईसी एशियाको मोबाइल बैंक एपको क्युआरमार्फत् भुक्तानी गर्दा १५ प्रतिशत रकम वा अधिकतम पाँचसयसम्म छुट प्राप्त गर्न सकिनेछ । यो अफर सेल्सबेरी डिपार्टमेन्टल स्टोरको सबै आउटलेटहरुमा र सेलवेज डिपार्टमेन्टल स्टोरको पोखरा आउटलेटमा लागू हुनेछ ।

सम्झौतापत्र बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष राठी र सेलवेज प्रमुख वित्त अधिकृत सन्दिप प्रधानाङ्गले हस्ताक्षर गरेका छन् । आश्विन पहिलो हप्तादेखि छठ पर्वसम्म लागू हुने यो योजनाबाट ग्राहकले चाडपर्वको समयमा अधिकतम् लाभ लिन सक्ने बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement