अग्रज बहुउद्देश्यीय सहकारी संस्थाको एघारौं बार्षिक साधारण सभा सम्पन्न

Advertisement

काठमाडौँ । अग्रज बहुउद्देश्यीय सहकारी संस्थाको एघारौं बार्षिक साधारण सभा सम्पन्न शनिबार डल्लु स्थित स्वयम्भु ब्याङक्वेटमा सम्पन्न भयो ।

संस्थाका अध्यक्ष घनश्यामप्रसाद श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि सहकारीबिद् दीपकप्रकाश बास्कोटा रहेका थिए । उक्त कार्यक्रममा राष्ट्रिय सहकारी बैंक न्यूरोडका शाखा प्रमुख केदारनाथ उप्रेती र गोङ्गबु शाखा प्रमुख बिनोद भट्टराई अतिथि रहेका थिए ।

आव २०७५/०७६ को सञ्चालक समितिको प्रतिवेदन लेखापरीक्षण प्रतिवेदन पास गर्नुको साथै अन्य बिभिन्न बिषयहरु माथि छलफल गरी निणर्य गरियो । उक्त अवसरमा कामनपा वडा नं.१५, डल्लु आवासमा संस्थाले खरिद गरेको कार्यालय भवन उद्घाटन गरिएको संस्थाका सचिव विनयकुमार पौडेलले जानकारी दिएका छन् ।

Advertisement

Advertisement

Advertisement