अपर नौगाडले बिजुली उत्पादन गर्न थाल्यो, सुदूरपश्चिम उज्यालो पार्न सहयोग पुग्ने

Advertisement

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले आफ्नो दोस्रो परियोजना अपर नौगाड जलविद्युत आयोजना (आठ मेगावाट) निर्माण सम्पन्न गरी सोमबारबाट सफल परिक्षण उत्पादन सुरु गरेको छ ।

आयोजनाले परिक्षण प्रसारण पूरा गरी यही असोज १० गतेबाट राष्ट्रिय ग्रिडमा विद्युत प्रवाह गर्ने योजना बनाएको छ । अपर नौगाडको २०७३ असोज १२ मा विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भएको थियो । कुल लागत एक अर्ब ६० करोड रुपियाँ रहेको यस आयोजनाले बार्षिक चार करोड ८७ लाख किलोवाट घण्टा विद्युत उत्पादन गर्ने अनुमान गरिएको छ ।

यसमध्ये सुख्खा महिनामा एक करोड १४ लाख र बर्षातका चार महिनाहरुमा तीन करोड ७५ लाख घण्टा किलोवाट विद्युत उत्पादन हुनेछ । यस आयोजनाबाट उत्पादन हुने विद्युत शक्ति नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने अत्तरिया वलाँच सवस्टेशनमार्फत राष्ट्रिय ग्रिडमा प्रवाह भई जानेछ ।

यसबाट सुदुरपश्चिम प्रदेशमा विद्युत आपूर्ति भई त्यस क्षेत्रको लोडसेडिङ अन्त्य गर्न सहयोग पुग्नेछ ।

Advertisement

Advertisement

Advertisement