नेपाल र चीनका सत्तारुढ दलबीच छ बुँदे समझदारी, राजनीतिक बहसलाई तीब्र पारिने

Advertisement

काठमाडौं । प्रधानमन्त्री एव सत्तारुद दल नेकपाका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको रोहबरमा नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीच छ बुँदे समझदारी भएको छ ।

पार्टीगतरुपमा सहयोग आदान प्रदान गर्नेगरी उनीहरुबीच यस्तो समझदारी भएको हो । समझदारीपत्रमा नेकपाका नेता माधव नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओले मंगलबार काठमाडौंमा हस्ताक्षर गरे ।

राजनीतिक तथा आर्थिक मोडलको आदानप्रदानका लागि दुवै देशका कम्युनिष्ट नेताहरुको उच्चस्तरीय भ्रमण गर्ने, नेपालमा भइरहेको कम्युनिष्ट पार्टीको राजनीतिक तथा सैद्धान्तिक बहसलाई तीव्रता दिनेलगायतका कुराहरु समेटिएको उक्त समझदारीमा दुवै पार्टीलाई सशक्त बनाउन सहयोग आदान प्रदान गरिने कुरा पनि उल्लेख छ ।

यसअघि एमालेले चिनियाँ कम्युनिष्ट पार्टीसँग समझदारी गरे पनि दुई पार्टी एक भई बनेको नेकपाले पुनः नयाँ समझदारी गरेको हो । समझदारीअघि ताओले नेकपाका नेताहरुसँग छलफल गरेका थिए । छलफलमा चिनियाँ कम्युनिष्ट पार्टीको सी विचारधारा’ र नेपाल कम्युनिष्ट पार्टीको जनताको जनवाद’सम्बन्धी विचारधाराबारे कुराकानी भएको नेकपाकै एक नेता बिष्णु रिमालले बताएका छन् ।

Advertisement

Advertisement

Advertisement