दुग्ध विकास संस्थानका पुर्व महाप्रबन्धकसहित १० जना विरुद्ध भ्रष्टाचार मुद्धा, को को परे फन्दामा ?

Advertisement

काठमाडौं । दुग्ध विकास संस्थानका पुर्व निमित्त महाप्रबन्धक गंगा तिमल्सिनासहित १० जना विरुद्ध भ्रष्टाचार मुद्धा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्थानको खरिद प्रक्रियामा टेण्डर नगरि पुरानै कम्पनीलाई ठेक्का दिएर करोडौं भ्रष्टाचार गरेको आरोपमा बिशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको हो ।

आयोगले संस्थानका तत्कालीन महाप्रबन्धक गंगा तिमसिना, तत्कालीन निमित्त उपमहाप्रबन्धक डा।ईश्‍वरी प्रसाद अधिकारी, दुग्ध वितरण आयोजना बालाजुका तत्कालीन आयोजना प्रमुख राजगोविन्द राजकर्णिकार, तत्कालीन सहायक प्रबन्धक माधव प्रसाद ओझा, तत्कालीन बरिष्ठ लेखा अधिकृत राजनजंग थापा र तत्कालीन प्रशासकिय अधिकृत हाल दुग्ध विकास संस्थानका प्रशासन व्यवस्थापन विभागका निमित्त प्रमुख दिपक सुवेदी विरुद्ध जनही ४६ लाख ७९ हजार १ सय ८२ रुपैंया ३५ पैसा विगो दावी गर्दै मुद्धा दायर गरेको हो ।

त्यस्तै, गोकुल निर्माण सेवाका सञ्चालक गोकुल फुयाल विरुद्ध २२ लाख १९ हजार ,६ सय ६८ रुपैंया विगो दावी गरिएको छ । त्यस्तै, प्रभु आदित्य बिजनेश प्रालीका सञ्चालक दिप बहादुर खड्का विरुद्ध २४ लाख ५९ हजार ५ सय १४ रुपैंया र अर्का सञ्चालक फणिन्द्र प्रसाद दाहाल तथा सतिस कुमार गिरीका विरुद्ध २४ लाख ५९ हजार ५ सय १४ रुपैँया विगो दावी गर्दै मुद्धा दायर गरिएको हो ।

Advertisement

Advertisement

Advertisement