वैदेशिक रोजगार व्यवसायी संघमा काँग्रेसनिकट प्यानल विजयी

Advertisement

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनबाट काँग्रेसनिकट लोकतान्त्रिक प्यानल विजयी भएको छ । मंगलबार भएको संघको निर्वाचनबाट लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरम आवद्ध अध्यक्ष बिष्णुप्रसाद गैरेको प्यानल बिजयी भएको हो ।

आगमी दुई वर्षे कार्यकालका लागि निर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा कमल तामाङ, द्वितीय उपाध्यक्षमा कमलदेव मल्ल, तृतीय उपाध्यक्षमा किशोर केसी, महासचिवमा सुजितकुमार श्रेष्ठ, सचिवमा मेघनाथ भुर्तेल, कोषाध्यक्षमा ईन्दिरा गुरुङ, सदस्यहरु कर्णराज कटुवाल, दिनेशकुमार राय, सुरेन्द्र अर्याल, हर्कबाहादुर लिम्बु, बिजय लामा, वावुलाल मगर नरेन्द्र, केशवराज न्यौपाने, छविलाल भटराई, जंगबहादुर ईजम, लक्ष्मण पौडेल विजयी भएका छन् ।

संघको २७औं बार्षिक साधारणसभामा लोकतान्त्रिक समूहबाट गैरे र नेकपानिकट प्रगतिशील समूहबाट सरोज पोखरेलको समूह प्रतिस्पर्धामा उत्रिएको थियो । अध्यक्षमा गैरेले ३३० मत पाउँदा पोखरेलले २८३ मात्रै पाएका छन् । यद्यपि पोखरेललाई मधेसी व्यवसायीको समेत साथ थियो ।

विजयी गैरेले सबै व्यवसायीको हकहितका लागि आफूहरुले काम गर्ने बताएका छन् । उनलाई संघका निवर्तमान अध्यक्ष रोहन गुरुङले बधाई दिएका छन् ।

कस्ले कति मत पाए ?

अध्यक्ष
बिष्णु गैरेः ३३०
सरोज पोखरेलः २८३

प्रथम उपाध्यक्ष
कमल तामाङः ३८१
हरिबहादुर पाण्डे क्षेत्रीः २३०

द्धितीय उपाध्यक्ष
कमलदेव मल्लः ३२२
मुक्तिनाथ अधिकारीः २८७

तृतीय उपाध्यक्ष
किशोर केसीः ३६०
अख्तर हुसेनः २४४

महासचिव
सुजित श्रेष्ठः २८४
रामचन्द्र गिरीः २२३

सचिवः
मेघनाथ भुर्तेलः ३३३
सन्जु गुरुङः २७३

कोषाध्यक्ष
इन्दिरा गुरुङः ३६७
तेजमाया लिम्बुः २३७

सदस्यहरु
कर्णराज कटुवालः ३३६
दिनेशकुमार रायः ३१२
सुरेन्द्र अर्यालः ३२५
हर्कबहादुर लिम्बुः ३४०
विजय लामाः ३६१
बाबुलाल मगरः ३२५
केशवराज न्यौपानेः ३०७
छविराज भट्टराईः ३००
जंगबहादुर इजमः ३३६
लक्ष्मण पौडेलः ३१४

Advertisement

Advertisement

Advertisement