ओप्पो ए सिरिजका दुई स्मार्टफोन सार्वजनिक

Advertisement

काठमाडौं । ओप्पोले नेपालमा ओप्पो ए सिरिज २०२० नाम दिएर दुईओटा स्मार्टफोन सार्वजनिक गरेको छ । ओप्पोले एनाइन २०२० र ओप्पो एफाइभ २०२० सोमवार सार्वजनिक गरेको हो ।

८ जीबी र्‍याम र १२८ जीबी रोमसहितको ओप्पो एनाइन को बजारमूल्य आोप्पाले ३५ हजार ९ सय ९० रुपियाँ निर्धारण गरेको छ । मरिन ग्रीन र स्पेस पर्पल रंगमा पाइने उक्त स्मार्टफोन असोज १४ गतेदेखि नेपाली बजारमा उपलब्ध हुनेछ । त्यस्तै ४ जीबी र्‍याम र १२८ जीबी रोमसहितको ओप्पो एफाइभको बजारमूल्य २७ हजार ९ सय ९० रुपियाँ निर्धारण गरिएको छ । मिरर ब्ल्याक र ड्याजलिङ ह्वाइटमा पाइने उक्त फोन गत मंगलबारदेखि नेपाली बजारमा उपलब्ध छ ।

ओप्पो एनाइनमा ४८ एमपी र एफाइभमा १२ एमपी मुख्य क्यामेरा जडान गरिएको छ । उक्त दुवै फोनमा १९ घण्टा लगातार प्रयोग गर्न सकिने ५ हजार एमएएच क्षमताको ब्याट्री रहेको ओप्पोको भनाइ छ ।

Advertisement

Advertisement

Advertisement