एमडिएफ नेपाललाई जापान सरकारको अनुदान सहयोग

Advertisement

काठमाडौं । मस्कुलर डिस्ट्रोफि फाण्डेशन नेपाल (एमडिएफ नेपाल) पुनरस्थापना केन्दको्र भवन निर्माणका लागि जापान सरकारले अनुदान दिने भएको छ । एमडिएफ नेपाल वंशानुगत रोगका कारणले मस्कुलर डिस्ट्रोफिले अपाङ्गता हुन गएका प्रभावित व्यक्तिहरुको पुनरस्थापना सुधार केन्द्र मार्फत निजहरुको दैनिक जीवन सरल सुव्यवस्थित तथा स्वास्थ्यमा सुधार ल्याउनका लागि संचालित संस्था हो ।

काठमाडौ उपत्यकामा निर्माण हुने भवनहरु मध्येको एक ब्लक निर्माणका लागि जापान सरकारको ग्रासरुट ह्यूमन सेक्यूरेटि प्रोजेक्ट (जिजिपी) अन्र्तगत प्रदान गरिने आर्थिक अनुदान सहयोगको लागि नेपाल स्थित जापानी राजदुत मसामिचि साईगोले एमडिएफ नेपालसंगको सम्झौतामा हस्तक्षार गरेका हुन् ।

उक्त आर्थिक सहयोग पश्चात मस्कुलर डिस्ट्रोफिबाट प्रभावित व्यक्तिको स्वास्थ्य सुधारमा उल्लेखनिय योगदान पुग्ने अपेक्षा गरिएको छ ।

Advertisement

Advertisement

Advertisement