नक्सालमा सुजुकीको विश्वस्तरीय शोरुम शुभारम्भ (फोटो फिचरसहित)

Advertisement

काठमाडौं । सिजी अटोमोटिभ्स डिभिजन अन्तर्गतको सिजी होल्डिङस् तथा सुजुकी फोर ह्वीलर्स नेपालले बुधबार आफ्नो नक्सालमा आधिकारिक शोरुम शुभारम्भ गरेको छ ।

शोरुमको उद्घाटन सुजुकी मोटर कर्पोरेशन जापानका प्रवन्ध अधिकारी तथा सिजी होल्डिङ्सका अध्यक्ष अरुण चौधरीले संयुक्तरुपमा गरे । नयाँ शोरुम चार हजार ५५४ स्क्वायर फिट क्षेत्रमा फैलिएको छ ।

यसमा अत्याधुनिक ग्राहक लन्ज, मिटिङ एसिया, एक्स्चेन्ज सुविधा तथा फाइनान्स सुविधाका लागि पर्याप्त क्षेत्र रहेको छ । अन्तर्राष्ट्रिय सुजुकी ब्राण्डको निर्देशनअनुरुप निर्माण गरिएको यस शोरुममा सहजै आवत जावत गर्न, अवलोकन गर्न सकिने कम्पनीले जनाएको छ ।

यस शोरुममा हालै बजारमा ल्याइएका स्मार्ट हाइब्रिड गाडीका रेन्जहरु एसक्रस, सियाज, इर्टिगा तथा एक्सएलसिक्स उपलब्ध छन् । कार्यक्रममा सिजी मोटोकर्पका बिजनेश प्रमुख सिरज पन्तले ग्राहक एवं कम्पनीबीचको सम्बन्धलाई अझै मजबुत बनाउने उद्देश्यसहित शुभारम्भ गरिएएको यो सुजुकीको ३७औं आउटलेट हो भन्दै यसबाट सेल्स, सर्भिस र स्पेयरपार्टसम्बन्धी सम्पूर्ण सेवा प्रदान गरिने बताए ।

कम्पनीका कार्यकारी निर्देशक करण चौधरीीले ग्राहकको सन्तुष्टिलाई नै आफ्नो प्रमुख ध्येयको रुपमा लिँदै आएको सिजी मोटोकर्पले स्थापना गरेको नक्सालस्थित आउटलेटमा उपलब्ध भएका अत्याधुनिक सुविधाहरुले सेल्स तथा सेल्ससम्बन्धी चरणको एक नयाँ अध्याय स्थापना गर्ने बताए ।

नेपालमा सुजुकीको ३७ वटा आउटलेटबाहेक ३९ स्थानमा सर्भिस सेन्टरहरु तथा ३५० भन्दा बढी सर्टिफाइड पार्ट आउटलेटहरु रहेका छन् । यी स्थानहरुबाट हालै बजारमा उपलब्ध भएका स्मार्ट हाइब्रिड रेन्जलगायत उत्पादनहरु उपलब्ध रहेको कम्पनीले जनाएको छ ।





[caption id="attachment_142323" align="alignnone" width="900"] ????????????????????????????????????[/caption]









Advertisement

Advertisement

Advertisement