मेगाले गण्डकी विकास बैंकलाई प्राप्ती गर्ने, एनआईसी एसियालाई कडा चुनौति

Advertisement

काठमाडौं । मेगा बैंकले गण्डकी विकास बैंकलाई प्राप्ती गर्ने सैद्धान्तिक सहमति भएको छ । मेगा बैंक सञ्चालक समितिका अध्यक्ष भोजबहादुर शाह र गण्डकी विकास बैंकका सञ्चालक समितिका अध्यक्ष सुशील गौचनले दुबै बैंकको सञ्चालक समितिका सदस्यहरुलगायत प्रमुख कार्यकारी अधिकृतहरुको रोहवरमा बुधबार सैद्धान्तिक सहमतिपत्रमा हस्ताक्षर गरे ।

यो प्राप्तीपछि मेगाको पुँजी, व्यवसायको आकारका साथसाथै शाखा सञ्चालनमा बृहत वृद्धि भई देशकै एक ठूलो बाणिज्य बैंकको रुपमा स्थापित हुने मेगा बैंकका अध्यक्ष शाहले बताए । गण्डकी विकास बैंकको शेयर रोक्काको प्रक्रिया लगायत नेपाल राष्ट्र बैंक समक्ष संयुक्त निवेदन दर्ता गर्ने कार्य यथासिघ्र अघि बढाईने उनले बताएका छन् ।

गएको असार मसान्तको तथ्यांक अनुसार दुबै बैंकको संयुक्त निक्षेपको आकार एक खर्ब १२ अर्ब तथा कर्जा लगानीको आकार ९८ अर्ब रहेको र हालको शाखा संख्या १९१ पुगेको छ ।

Advertisement

Advertisement

Advertisement