नेपाली विद्यार्थीका लागि मुस्किल बन्यो अष्ट्रेलिया, लेभल थ्रीमा झारियो

Advertisement

काठमाडौं । नेपाली विद्यार्थीहरुका लागि अष्ट्रेलिया यात्रा थप मुस्किल बनेको छ । उच्च शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थीहरुको पहिलो रोजाई बनेको अष्ट्रेलिया यात्रा अब भने केहि मुस्किल बन्ने भएको हो । अष्ट्रेलियाको आन्तरिक मामिला मन्त्रालयले नेपाललाई लेभल टुबाट तल झारेर लेभल थ्रीमा राखेको छ । लेभल थ्रीमा झर्नु भनेको नेपाली विद्याथीहरुलाई भिसामा कडाई गर्ने सन्देश हो ।

एसआईईसी कन्सल्टेन्सीका प्रबन्ध निर्देशक नवराज केसीले अब नेपाली विद्यार्थीहरुका लागि अष्ट्रेलिया यात्रा केहि मुस्किल हुने बताए । ‘नेपाललाई लेभल थ्रीमा झारेपछि अब भिसामा केहि कडाई हुन्छ, फाइनान्सियल डकुमेन्ट र अन्य कागजातहरुमा कडाई हुन्छ, भिसाको संख्या पनि घट्छ’, केसीले भने ।

नेपालसँगै भारत र पाकिस्तानलाई पनि अष्ट्रेलियाले लेभल थ्रीमा झारिदिएको छ ।  नेपालबाट बर्षेनी १५ हजार विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया गैरहेका छन् । हालसम्म उच्च शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थीहरुको पहिलो रोजाईमा अष्ट्रेलिया रहँदै आएको छ । हालसम्म करिब एक लाख विद्यार्थी अष्टे«ेलियामा उच्च शिक्षा अध्ययन गरिरहेका छन् ।

Advertisement

Advertisement

Advertisement