सुनको मूल्य घट्यो, एकैपटकमा तोलाको एक हजारले ओरालो

Advertisement

काठमाडौं । साताको पाँचौँ दिन आज बिहीबार सुनचाँदीको मूल्य घटेको छ । नेपल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बुधबार ७२ हजार चार सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज एक हजार रुपियाँले घटेर प्रतितोला ७१ हजार रुपियाँ कायम भएको हो ।

आज महासंघले तेजाबी सुन प्रतितोला ७० हजार सात सय रुपियाँ कायम गरेको छ । त्यस्तै, महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ६०हजार ८७० रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ६० हजार ६१५ रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य ८९० रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७४१ रुपियाँ ६० पैसा कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement