मलेसियास्थित दुताबासले थाल्यो मागपत्र प्रमाणिकरण, एक लाख युवा तुरुन्तै उड्ने तयारीमा

Advertisement

काठमाडौं । मलेसियास्थित नेपाली दुताबासले कामदारको मागपत्र प्रमाणिकरण आरम्भ गरेको छ । मलेसियास्थित दुताबासले नेपाली कामदारको मागसहित रोजगारदाता कम्पनीले पठाएको मागपत्र प्रमाणिकरण आरम्भ गरेको हो । ताहाचल श्रम कार्यालयका प्रमुख देवेन्द्र कार्कीका अनुसार कलिङ भिसामा मात्रै १४ हजार युवाले श्रम स्वीकृति लिएर मलेसिया उडिसकेका छन् ।

वैदेशिक रोजगार व्यवसायी संघका निर्वतमान अध्यक्ष रोहन गुरुङका अनुसार शुन्य लागत कार्यान्वयन अघि बढेपछि एक लाख नेपाली युवा मलेसिया उड्नका लागि फारम भरेर बसेका छन् ।  नेपाली कामदारलाई मलेसिया पठाउने प्रक्रियामा रहेको झण्झट र अधिक शुल्कको बोझबाट हटाउन भन्दै दुबै देशले शुन्य लागत कार्यान्वयन गर्ने समझदारीमा हस्ताक्षर गरेका थिए । तर लामो समयसम्म सो प्रक्रिया कार्यान्वयन भएको थिएन् । भदौ २६ गते पुर्व समझदारी कार्यान्वयन गर्न मलेसिया सहमत भएको थियो । श्रम मन्त्रालयका सह सचिव डा. राम प्रसाद घिमिरे र मलेसियाका तर्फबाट बेटी हसनले हस्ताक्षर गरेका थिए ।

शुन्य लागत, सामाजिक सुरक्षासहितका सुबिधा दिएर नेपाली कामदार लैजान मलेसिया सहमत भएको थियो । त्यसको कार्यान्वयनका लागि मलेसियास्थित नेपाली दुताबासले बिभिन्न कम्पनीहरुले पठाएको मागपत्र प्रमणिकरण आरम्भ गरेको हो । अब सम्बन्धित मुलुकमा रहेका दुतावासहरुले प्रमाणिकरण गरेर मात्रै कामदारको माग पत्र नेपाल पठाउन पाउने व्यवस्था पनि कार्यान्वयनमा आएको छ ।

Advertisement

Advertisement

Advertisement