सुनचाँदीको मूल्य घट्ने क्रम जारी, यस्तो छ आजको बजार भाउ

Advertisement

काठमाडौं । साताको अन्तिम दिन आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । नेपल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बिहीबार ७१ रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज दुई सय रुपियाँले घटेर प्रतितोला ७० हजार आठ सय रुपियाँ कायम भएको हो ।

आज महासंघले तेजाबी सुन प्रतितोला ७० हजार पाँच सय रुपियाँ कायम गरेको छ । त्यस्तै, महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार ७०० रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ६० हजार ४४५ रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य ८६० रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७३७ रुपियाँ ३० पैसा कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement