आइतबारदेखि दश चक्के सवारीसाधनलाई काठमाडौं प्रवेशमा निषेध

Advertisement

काठमाडौं । यातायात व्यवस्था विभागले आइतबारदेखि ठूला मालवाहक सवारीसाधनलाई काठमाडौं प्रवेशमा रोक लगाएको छ। आइतबार १२ गतेदेखि १८ गतेसम्मका लागि दश चक्के र सो भन्दाका माथिका सवारीको आगमनमा रोक लगाइएको हो।

त्यस्ता सवारीसाधनहरुलाई चितवनको नारायणघाटमै रोकिने विभागले जनाएको छ। अति आवश्यक खाद्यान्न सामाग्री, कपडा, औषधि, तरकारी लगायतका सामाग्रीहरु बोकेका सवारीलाई भने भित्रिन पाउने छन्।

विभागले दसै‌मा काठमाडौ‌ बाहिर जाने र आउने यात्रुलाई सहज गराउन भन्दै यस्तो निर्णय भएको जनाएको छ।

Advertisement

Advertisement

Advertisement