सशस्त्रका हवल्दार घुससहित पक्राउ

Advertisement

नवलपरासी । पश्चिम नवलपरासीमा सशस्त्रका सहायक हवल्दार घुस रकमसहित पक्राउ परेका छन्।

सशस्त्र प्रहरी बल वेश क्याम्प सेमरीमा कार्यरत ज्ञानेन्द्र मौर्य ७ हजार घुस रकमसहित पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको हो। प्रतापुर गाउँपालिका-२ मा रहेको किराना पसमा घुस लिँदै गर्दा उनी पक्राउ परेका थिए।

घुससहित पक्राउ परेका मौर्य लाई थप अनुसन्धानको लागि नियन्त्रणमा लिएको अक्तियार दुरुपयोग अनुसन्धान आयोग रुपन्देहीका प्रवक्ता सुरेस भुषालले जानकारी दिए । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनको भनाइ छ।

Advertisement

Advertisement

Advertisement