एनआईसी एसियाले पारित गर्यो २१ प्रतिशतभन्दा बढि बोनस, डीम्याट खाता हुनेलाई बितरण सुरु

Advertisement

काठमाडौं । एनआईसी एशिया बैंकको शुक्रबार सम्पन्न २२औं वार्षिक साधारणसभा २१ दशमलव ०५२६ प्रतिशत लाभांश पारित गरेको छ । सभाले गत बर्षको मुनाफाबाट सेयरधनीलाई एक अर्ब ८५ करोड ९८ लाख ३७ हजार रुपियाँ लाभांश बितरण गर्ने प्रस्ताव पास गरेको हो ।

जसमध्ये १० प्रतिशत बोनस सेयर र ११ दशमलव ०५२६ प्रतिशत नगद लाभांश बितरण गरिनेछ । कर प्रयोजनका लागि प्रस्ताव गरिएको ९७ करोड ६४ लाख १४ हजार ७५१ रुपियाँ पनि पारित भएको छ ।

सभाले बैंकको पुँजी वृद्धिको प्रस्ताव पनि पारित गरेको छ । यसबाट बैंकको चुक्ता पूँजी नौ अर्ब ७१ करोड ७६ लाख ५१ हजार ५६८ पुगेको छ । एनआईसी एसियामा डीम्याट खाता हुने सेयरधनीलाई आजकै मितिबाट नगद लाभांश भुक्तानी गर्न शुरु गरिसकिएको तथा डीम्याट खाता नहुनेहरुका लागि यथाशीघ्र त्यस्तो खाताको लागि बैंकको शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल तथा बैंकको नजिकैको शाखा कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

Advertisement

Advertisement

Advertisement