नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृतमा कृष्ण अधिकारी नियुक्त

Advertisement

काठमाडौं । नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृतमा कृष्णबहादुर अधिकारी नियुक्त भएका छन् । शनिबार बसेको बैंक सञ्चालक समिति बैठकले अधिकारीलाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको सञ्चालक समिति अध्यक्ष बासुदेव अधिकारीले जानकारी दिए ।

देवेन्द्रप्रताप शाहको कार्यकाल सकिएपछि बैंकले अधिकारीलाई कामु सिइओको जिम्मेवारी दिएको थियो । अधिकारीले नेपाल बैंकबाट २०६१ देखि सहायक प्रबन्धक तहबाट बैंकिङ करिअर सुरु गरेका थिए। त्रिभुवन विश्वविद्यालयबाट एमबिए अध्ययन गरेका अधिकारीले पूर्वाञ्चल विश्वविद्यालयबाट इएमबिएसम्म पढेका छन् ।

नेपाल बैंकमा प्रमुख कार्यकारी अधिकृत बन्नका लागि १४ जनाले आवेदन दिएका थिए ।

Advertisement

Advertisement

Advertisement