बैंकर्स संघका अध्यक्ष भन्छन्– अब बैंकमा काम गर्न नसकिने भैयो

Advertisement

काठमाडौं । नेपाल बैकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बैंकमा काम गर्न आफूहरुलाई कठिन बन्दै गएको गुनासो गरेका छन् । नेपाल लघुवित्त बैंकर्स संघको कार्यक्रममा आइतबार उनले अब काम गर्न नसकिने अवस्था आएको बताएका हुन् ।

बैंक अफ काठमाडौंका तत्कालिन सीईओ अजय श्रेष्ठलाई फर्जी कागजाज बनाएर ऋण लिएको मुद्दामा पक्राउ गरि कारवाही अघि बढाएपछि बैंकरहरुले त्यसको विरोध जनाउँदै आएका छन् । जुन सीईओले जग्गा नै देखेको छैन, उसलाई जेल हालेर अरुलाई छोडने काम भयो भन्दै ढुँगानाले यसबाट आफूहरु छक्क परेको बताए ।

कानुनमै समस्या छ भने संशोधन हुनुपर्ने उनले बैंकरहरुलाई हतोत्साहित बनाउन नहुने बताए । ढुँगानालाई पक्राउ गरिएको विषयमा कसरी अघि बढ्ने ? भनेर छलफल भइरहेको बताए ।

Advertisement

Advertisement

Advertisement