लघुवित्त बैंकर्स संघको अध्यक्षमा बसन्त लम्साल, प्रकाशराज शर्माले छाडे संगठन

Advertisement

काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघको अध्यक्षमा बसन्त लम्साल चयन भएका छन् । विजय लघुवित्तका प्रमुख कार्यकारी अधिकृत लम्साल निर्विरोध निर्वाचित भएको संघका निवर्तमान अध्यक्ष रामचन्द्र जोशीले जानकारी दिए ।

‘संघको आगामी कार्यकालका लागि विजय लघुवित्तका प्रमुख कार्यकारी अधिकृत बसन्त लम्साल निर्विरोध हुनु भएको छ, उपाध्यक्षमा फस्ट माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत भेषराज पन्थी निर्विरोध हुनु भएको छ, अरु पदहरुमा छलफल भैरहेको छ’, संघका निवर्तमान अध्यक्ष जोशीले कर्पाेरेट नेपालसँग भने ।

यद्यपी संघका निवर्तमान उपाध्यक्ष तथा अध्यक्षका आकांक्षी प्रकाशराज शर्माले भने नयाँ नेतृत्व चयनको प्रक्रिया नै बहिस्कार गरेका छन् । उनले अब आफु संघमा नरहेको घोषणा पनि गरे । ‘पुर्व सहमतिको उल्लंघन गरेर मलाई बाइपास गर्ने प्रयास भएपछि निर्वाचन प्रक्रियामा सामेल भइन र अब म संघमा नरहेको कुरा पनि स्पष्ट पार्न चाहान्छु’, शर्माले भने ।

संघको साधारण सभाले अध्यक्ष, उपाध्यक्ष महासचिव, सचिव, कोषाध्यक्ष र सदस्यहरुसहित ११ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।
अध्यक्ष र उपाध्यक्ष बाहेकका पदरुहमा सहमतिको प्रयास भैरहेको पनि निर्वतमान अध्यक्ष जोशीले बताए ।

Advertisement

Advertisement

Advertisement