एनआईसी एशिया बैंकको एकैपटक चार नयाँ शाखा सञ्चालन

Advertisement

काठमाडौं । एनआईसी एशिया बैंकको चार नयाँ शाखाहरु र एक शाखारहित बैंकिङ सेवा आइतबारदेखि सञ्चालनमा आएको छ । रुकुम पूर्व जिल्ला, सिस्ने गाउँपालिका वडा नं ६ पूर्व रुकुमस्थित रुकुमकोट शाखाकोे उद्घाटन सिस्ने गाउँपालिकाका अध्यक्ष कुमारी बरालले गरिन् । त्यस्तै, चितवन जिल्ला, भरतपुर महानगरपालिका वडा नं १८ स्थित चनौली शाखाको बैंकका उपप्रादेशिक कार्यालयका प्रमुख विश्व पौड्यालले उद्घाटन गरे ।

चितवन जिल्लाकै राप्ती नगरपालिका वडा नं ५ स्थित भण्डारा शाखाको राप्ती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिठाराम हुमागाईँले उद्घाटन गरे । साथै काठमाडौं जिल्ला कागेश्वरी मनहरा नगरपालिका वडा नं ९ काँडाघारीस्थित काँडाघारी शाखाको बैंकका उपप्रादेशिक कार्यालयका प्रमुख वन्दना पोखरेल उद्घाटन गरेकी हुन् ।

यसैगरी, झापा जिल्लाको कचनकवल गाउँपालिका वडा नं. ३ को पथरिया नयाँबजारमा बैंकको ४२औंं शाखारहित बैंकिङ सेवा आइतबारदेखि संचालनमा आएको छ । बैंकले संचालनमा ल्याएको पथरिया नयाँबजार शाखारहित बैंकिङ सेवाको समुद्घाटन कचनकवल शाखाका शाखा प्रबन्धक प्रविण खड्काको उपस्थितिमा सम्पन्न भयो । उक्त शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा हरिप्रसाद दंगाललाई नियुक्त गरिएको छ ।

Advertisement

Advertisement

Advertisement