फोर्स मर्जर अनिवार्य छ, जुनसुकै दिन निर्देशन दिन्छौं तयार भएर बस्नुः गभर्नर डा. नेपाल

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंक तथा वित्तिय संस्थाहरुका लागि फोर्स मर्जर नै अन्तिम विकल्प भएको बताएका छन् । राजधानीमा आयोजीक एक कार्यक्रममा उनले सुरुमा स्वेच्छिक मर्जरका लागि प्रेरित गरिएको र त्यसले काम नगरे फोर्स मर्जरमा जाने स्पष्ट पारेका हुन् ।

‘अहिले मर्जरका लागि प्रेरित गरिहेका छौं, यसले काम नगरे फोर्स मर्जर अनिवार्य छ, जुनसुकै दिन फोर्स मर्जरको नीति आउँछ’, गभर्नर डा. नेपालले भने । उनले अमेरिका जस्तो लोकतान्त्रिक देशले समेत फोर्स मर्जर गराएको भन्दै आफुले मर्जरका लागि प्रेरित मात्रै गरेको बताए । ‘अमेरिकाले जबरजस्ती मर्जर गराएको थियो, मैले त समय दिएको छु, चाँडै आउनुस, नत्र समय तोकिदिन्छु’, गभर्नर नेपालले भने ।
उनले मर्जरका लागि १९ वटा बाणिज्य बैंकहरुले एलओआई लिएको पनि बताए । उनले बैंकहरुको अस्वस्थ प्रतिष्पर्धा रोक्न पनि मर्जरको बाटो रोज्नै पर्ने देखिएको बताए ।

लघुवित्तलाई झन कडाई
गभर्नर डा. नेपालले लघुवित्त कम्पनीहरु पनि मर्जरमा जानै पर्ने बताए । उनले देशको अर्थतन्त्रको आकार र परिस्थितीलाई मध्यनज गर्दै दघुवित्त कम्पनीहरुलाई मर्जरमा पठाउन लागेको बताए । ‘अहिले नै ९० वटा जतिको संख्यामा हुनुहुन्छ, आवेदन दिएकाहरुले पनि अब मर्जर भएरै आउनुपर्छ’, डा. नेपालले भने ।

Advertisement

Advertisement

Advertisement