बसको रुट परमिट एक हप्ताका लागि खुला, सवारीसाधन देशका जुनसुकै बाटोमा चल्ने

Advertisement

काठमाडौं । दशैंका लागि घर जाने यात्रुको सहज र व्यवस्थित बनाउन आइतवारदेखि सार्वजनिक यात्रुवाहक सवारीसाधनको बाटो इजाजतपत्र (रुट परमिट) खुला गरिएको छ ।

सरकारले यही असोज १९ गतेसम्मका लागि एउटा रुटको अनुमति लिएको सवारीसाधन देशका जुनसुकै रुटमा चल्ने गरी खुला गरेको हो ।

आइतवारैदेखि १० चक्के वा सोभन्दा बढी चक्का भएका ठूला मालवाहक सवारीसाधन चितवनको नारायणघाटदेखि काठमाडौं आगमनमा रोक लगाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।

खाद्यान्न सामग्री, लत्ताकपडा, औषधि, तरकारी, मासुजन्य पदार्थ लगायतमा भने सो नियम लागू नहुने बताइएको छ । शुक्रवार सडक मर्मत र ठूला सवारीसाधनका कारण झण्डै ३० किलोमिटर क्षेत्रमा सडक अवरुद्ध भएको थियो । एम्बुलेन्ससमेत आवतजावत गर्न नसक्ने गरी सडक अवरुद्ध हुँदा दशैंका लागि घर निस्केका यात्रु बाटोमै अलपत्र परेका थिए ।

Advertisement

Advertisement

Advertisement