ग्लोबल आइएमई बैंकको एकैपटक दुई नयाँ शाखा सञ्चालनमा

Advertisement

काठमाडौं । ग्लोबल आइएमई बैंकले आइतबारदेखि दुईवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौं जिल्लाको नागार्जुन नगरपालिका वडा नं. ५, हरिसिद्धि र रोल्पा जिल्लाको रुन्टीगढी गाउँपालिका वडा नं ६, होलेरीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले स्थानीय वासिन्दालाई सहज पुर्याउने उद्देश्यले उक्त शाखा संचालनमा ल्याएको हो ।

नयाँ दुईवटा शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या १४६पुगेको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकलेहाल १४६ शाखा, ३० वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, १४८ एटिएम,१८९शाखा रहित बैंकिङ सेवा र नेपाल बाहिर ३ प्रतिनिधि र सम्पर्क कार्यालय मार्फत आफ्ना ११ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

Advertisement

Advertisement

Advertisement