७४३ स्थानीय तहमा पुगे बाणिज्य बैंक, ६१ प्रतिशत नेपालीको बैंकमा पहुँच

Advertisement

काठमाडौं । ७४३ वटा स्थानीय तहहरुमा बाणिज्य बैंकको शाखा स्थापना भएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालका अनुसार अब १० वटा स्थानीय तहमा मात्रै बाणिज्य बैंकको शाखा पुग्न बाँकी रहेको छ । नेपाल सरकारले स्थानीय तहहरुको कारोबार बाणिज्य बैंकका शाखाबाट मात्रै गर्न पाउने कानुनी व्यवस्था कार्यान्वयनका लागि बैंकहरुलाई स्थानीय तह नै तोकेर शाखा स्थापनाको म्याडेड दिएको थियो । सोही अनुसार बाणिज्य बैंकहरुले शाखा विस्तारको अभियान थालेका थिए ।

देशभर जम्मा ७५३ वटा स्थानीय तहहरु रहेका छन् । तीमध्ये अब १० वटा स्थानीय तहमा मात्रै बाणिज्य बैंक पुग्न बाँकी रहेको छ । गभर्नर डा. नेपालले चालु आर्थिक वर्षभित्रै बाँकी १० वटा स्थानीय तहमा पनि बाणिज्य बैंकको शाखा स्थापना भैसक्ने बताए । त्यस्तै, अब ६१ प्रतिशत नागरिक वित्तिय पहुँचमा आईपुगेका छन् । राष्ट्र बैंकको अनुसन्धान विभागले गरेको अध्ययन अनुसार ६१ प्रतिशत नागरिकमा वित्तिय पहुँच पुगेको देखाएको हो । राष्ट्र बैंकले केहि दिनभित्रै वित्तिय पहुँच सम्बन्धी प्रतिवेदन सार्ववनिक गर्दैछ ।

उनले वित्तिय साक्षरता अभिवृद्धि नभएमा गाउँ गाउँमा बैंक पुगे पनि केहि नहुने पनि बताए । उनले गाउँ गाउँ पुगेका बैंकका शाखाहरु वित्तिय साक्षरताको अभावमा बन्द भएको उदाहरण समेत पेश गर्दै वित्तिय साक्षरता बढाउन सबैले भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए । मिडिया इन्टरनेशनलको ७ औं बार्षिकोत्सव समारोहमा नेपाल आर्थिक पत्रकार संघ(नाफिज)का सचिव रोयल आचार्यलाई वित्तिय साक्षरतामा कलम चलाए वापत सम्मान गरिएको थियो ।

Advertisement

Advertisement

Advertisement