सिटी एक्सप्रेस ग्रुपले मानव सेवा आश्रमलाई एक हजार दुई सय थान ज्याकेट सहयोग

Advertisement

काठमाडौं । सिटी एक्सप्रेस ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रमलाई एक हजार दुई सय थान ज्याकेट दिएर सहयोग गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ ।

यसै अनुरुप भक्तपुरस्थित मानव सेवा आश्रमको १६ औं आश्रम उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले सिटी एक्सप्रेस ग्रुपका प्रबन्ध निर्देशक चन्द्र टण्डनलाई सम्मान प्रदान गरे । समाजको सकरात्मक रुपान्तरण एवम् मानवीय सेवाको कार्यमा मानवसेवा आश्रमले पुर्‍याउदै आइरहेको योगदानको कदर गर्दै आश्रमलाई सम्मान गरिएको हो ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आनो छुट्टै पहिचान बनाउदै बिगत १३ वर्ष देखि बिश्व भरी आफ्नो रेमिट एजेन्टहरु बाट सात हजार भन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

सिटी एक्सप्रेस ग्रुपअन्तर्गतमनि ट्रान्सफर, फाउन्डेशन, फाइनान्स, आईटी कम्पनी, टे्रडिङ्ग, म्यानेजमेन्ट लगायत थुप्रै कम्पनीहरु आबद्ध छन् ।

Advertisement

Advertisement

Advertisement