कस्ता खसी, बोका, च्याङ्ग्रा किन्ने ? (फोटो फिचर)

Advertisement

काठमाडौं । दशैंका लागि खाद्य संस्थानले ल्याएका खसी, बोका र च्याङग्राको बिक्री सुरु भएको छ । मूल्य निर्धारणसँगै बिक्रीको सुरुवात भएको छ भने काठमाडौंका विभिन्न ठाउँमा लिँगे पिङ राख्ने र चङ्गा उडाउने काम पनि सुरु भएको छ ।

सरकारले बसी बोकाको व्यापार काठमाडौं केन्द्रीत गर्दा ग्रामीण क्षेत्रको यसको प्रभाव देखिन थालेको छ । पछिल्लो समयमा ग्रामीण क्षेत्रमा खसी बोकाको भाउ निकै महंगिएको छ । संस्थानले आइतबार मात्रै झण्डै पाँचसयको संख्यामा खसी बोका च्याङ्ग्रा भित्राएको थियो भने सोमबार पनि सयौंको संख्यामा भित्राएको छ ।

संस्थानले बजारमा व्यापारीहरुले मनलाग्दी बसी बोकाको मूल्य नबढाओस भनेर हरेक बर्ष सयौंको संख्यामा खसी, बोका र च्याङ्ग्रा ल्याएको बेच्ने गरेको छ । यद्यपि भाउ बढाउने क्रममा नियन्त्रण आउन सकेको छैन् ।

यस बर्ष पनि भारतबाट खसी बोका आयत बन्द भएको नाममा व्यावसायीहरुले केही समयदेखि एकाएक बढाएको मूल्य दशैंमा समेत नघट्ने देखिएबाट उपभोक्तालाई ठूलो मार पर्ने देखिएको । मूल्य कम गर्न भन्दै संस्थाले यो बर्ष चार हजारको हाराहारीमा खसी, बोका र च्याङ्ग्रा ल्याएर बेच्ने तयारी गरिरहेको छ ।

कृषिमन्त्री चक्रपाणी खनालले सोमबार एक कार्यक्रममा राजधानी काठमाडौंमा खसीको माशु प्रतिकिलो एक हजार एकसय रुपियाँभन्दा बढ्न नदिने बताएका थिए । यद्यपि अहिले प्रतिकिलो एक हजार चारसयसम्म बिक्री भइरहेको छ ।

आन्तरिक बजारबाट ल्याइएका यस पल्टका खसी बोका अन्य बर्षको भन्दा राम्रा, स्वस्थ्य देखिएका छन् । तर यस पटक भारतबाट खसी बोका आयात नगरेकाले ग्रामीण क्षेत्रमा भने खसी बोकाको भाउ निकै बढेर गएको छ । खाद्य संस्थान र अन्य व्यवसायीहरु गाउँ गाउँ पुगेर खसी बोका उठाएका कारण मुलुकका ग्रामीण क्षेत्रमा अभावका साथै मासुको मुल्यसमेत बढेको छ ।

खाद्य संस्थानले ल्याएका खसी बोका हेर्न आएका रामेछापका कृष्ण सापकोटा काठमाडौंमा खसी बोका दशैंमा सस्तो रहेको तर रामेछापमा महंगो भइसकेको बताउँछन् ।

रामेछापमा जिउँदो ३० किलोको खसी २० हजारमा समेत नदिएको तर काठमाडौंमा त्यो भन्दा सस्तो खसी पाइएको उनको अनुभव छ । खाद्य संस्थानमा ल्याइएका खसी, बोका र उपभोक्ताहरुको केही दृश्यः

तस्विरहरुः द्धारिका काफ्ले





































Advertisement

Advertisement

Advertisement