दशैँ नजिकिएसँगै लगातार घट्दै सुनको मूल्य, तोलामा आठ सय कम

Advertisement

काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत सोमबार ७० हजार रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज आठ सय रुपियाँले घटेर प्रतितोला ६९ हजार दुई सय रुपियाँ कायम भएको हो ।

आज महासंघले तेजाबी सुन प्रतितोला ६८ हजार नौ सय रुपियाँ कायम गरेको छ । त्यस्तै, महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ५९ हजार ३३० रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५९ हजार ७५ रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य ८२५ रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७०७ रुपियाँ ५० पैसा कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement