नेपाल र अमेरिकाबीच एमएमसी कार्यान्वयन गर्न सम्झौता

Advertisement

काठमाडौं । नेपाल र अमेरिकी सरकारबीच मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमएमसी) अन्तर्गतका कार्यक्रम कार्यान्वयन गर्ने सम्झौता भएको छ।

अमेरिकी सरकारअन्तर्गतको उक्त एमएमसीमार्फत् पाँच सय मिलियन (५० करोड)अमेरिकी डलर बराबरका विभिन्न आयोजना कार्यान्वयन गर्ने सम्झौता भएको हो।  एक समारोहबीच नेपालको तर्फबाट अर्थमन्त्री युवराज खतिवडा र अमेरिकाको तर्फबाट एमएमसीका उपाध्यक्ष एन्थोनी वेलसरले सम्झौतापत्रमा हस्ताक्षर गरे।

सम्झौता अनुसार आगामी वर्ष (सन् २०२०) को जुलाई ३० बाट कार्यान्वयनमा आउने जानकारी दिइएको छ।

Advertisement

Advertisement

Advertisement