बलात्कार प्रकरणमा मुछिएका सभामुख महराले दिए राजीनामा

Advertisement

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई नैतिक आचरणमा प्रश्न उठेकाले पदबाट उनले उपसभामुखसमक्ष छानविन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएका हुन् ।

सभामुख कृष्णबहादुर महराले आज आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेसमक्ष राजीनामा बुझाएका छन् ।

राजीनामापत्रमा उनले भने, ‘‘हिजो(सोमबार)देखि विभिन्न सञ्चारमाध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबीनको लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा आजैका मितिदेखि छानबीन प्रक्रिया नसकिँदासम्म लागि राजीनामा दिएको छु ।

Advertisement

Advertisement

Advertisement