रावा बैंक टोखा शाखाको आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

Advertisement

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय टोखा शाखाको आयोजनामा विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत् एवं छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम शाखा कार्यालय टोखा परिसरमा सोमबार सम्पन्न भएको छ ।

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, ब्रान्च अपरेशन विभागका प्रमुख सरोज बस्नेत, टोखा नपा वडा नम्बर ७ का अध्यक्ष नरोत्तम राना, वडा नम्बर ११ का अध्यक्ष उत्तम अधिकारी, हास्य कलालकार सन्तोष पन्त लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

बैंकका ३ नम्बर प्रादेशिक कार्यलयकी प्रमुख सोनी श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रमको संचालन शाखा कार्यालय टोखाका सहायक प्रबन्धक सुजाता थापाले गरेका थिए ।

बैंकले गत आ.व. २०७५/०७६ मा ५ अर्ब ३२ करोड रुपियाँ खुद मुनाफा गरेको छ । यस अवधिमा बैंकको निक्षेप १ खर्ब ९० अर्ब रुपियाँ, कर्जा १ खर्ब ४४ अर्ब रुपियाँ रहेको छ । बेस रेट ६.२३ प्रतिशत रहेको छ । बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २३८ वटा शाखा कार्यालय, २०४ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ रहेको छ ।

Advertisement

Advertisement

Advertisement