सेयर बजारमा दोहोरो अंकको सुधार कायमै, कारोबार रकम पनि बढ्यो

Advertisement

काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार पनि सेयर बजारमा दोहोरो अंकको सुधार कायमै रह्यो । आज सेयर बजार परिसुचक नेप्से दश दशमलव ४२ अंकले बढेर एक हजार १४५ दशमलव ६९ कायम भयो भने कारोबार रकम ३१ करोड १४ लाख रुपियाँ बराबरको भयो ।

आज धेरै कारोबार गर्नेमा नेपाल बङ्गलादेश बैंक अगाडी रहेको छ । जसको कारोबार सात करोड १२ लाख बराबरको भएको छ । त्यसैगरी, दोस्रो धेरै कारोबार गर्नेमा सिभम् सिमेन्स अगाडी रहेको छ । जसको कारोबार चार करोड ३० लाख रुपियाँ बराबरको भएको छ ।

त्यस्तै, आज होटल, उत्पादनमूलक समूह र म्युचल फण्डका समूहका सुचकमाबाहेक अन्य सबै समूहका सुचकहरुमा सुधार आएको छ । आज उत्पादनमूलक समूहमा दुई प्रतिशतभन्दा बढीको गिरावट आएको छ भने होटल रम्युचल फण्ड समूहका सुचकमा एक प्रतिशतभन्दा कमले गिराजट आएको छ । त्यस्तै, निर्जीवन बीमा समूह, अन्य समूह, फाइनान्स, बैंकिङ समूहलगायतका समूहको सुचकमा एक प्रतिशतको सुधार आएको छ भने बाँकी सबै सुचकमा एक प्रतिशतभन्दा कमले हरियाली छाएको देखिन्छ ।

आज धेरै नाफा गर्नेमा सिनर्जी पावर डेभलपमेण्टका लगानीकर्ता अगाडि छन् । कम्पनी ६ दशमलब ८५ प्रतिशतको फाइदामा गएको छ । त्यसैगरी, धेरै घाटा खानेमा सप्तकोशी विकास बैंकका लगानीकर्ता रहेका छन् । बैंक नौ प्रतिशतले घाटामा गएको छ ।

Advertisement

Advertisement

Advertisement