काँग्रेसलाई सभामुख वा उपसभामुखमध्ये एक पद पाउने बाटो खुल्यो, वामदेवलाई चुनाव लड्ने मौका

Advertisement

काठमाडौं । संविधानअनुसार संसदको सभामुख वा उपसभामुखमध्ये एक पद आफूलाई चाहिने बताउँदै आएको प्रमुख प्रतिपक्षी दल काँग्रेसको माग पूरा हुने भएको छ ।

संविधानको धारा ९१ (२)अनुसार ‘प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक फरक दलको प्रतिनिधि हुनुपर्नेछ’ भन्ने व्यवस्थाअनुसार काँग्रेसले एक पदमा दावी गर्दै आए पनि सत्तापक्षले सभामुख कृष्णबहादुर महरा र उपसभामुख शिवमाया तुम्बाहाम्फे फरक फरक दल (माओवादी केन्द्र र एमाले)को हुँदा नै चयन भएकाले संविधानको धारा ९१ (२) आकर्षित नहुने व्याख्या गर्दै आएको थियो ।

महराले बलात्कार प्रकरणमा मुछिएर राजीनामा दिन बाध्य भएसँगै काँग्रेसको पूरानो माग अब भने पूरा हुने भएको छ । दुईतिहाई बहुमतसहित सरकार सञ्चालन गरिरहेको सत्तारुढ दल नेकपाले सभामुख नै काँग्रेसलाई दिने संभावना कम रहेकाले उपसभामुख दिने प्रवल संभावना देखिन्छ ।

साथै, तत्कालिन माओवादी केन्द्र र एमालेका अधिकांश उम्मेदवारहरु विजयी हुँदा पराजित भएर छटपटाइरहेका नेकपाका एक नेता वामदेव गौतमलाई पनि महराको निर्वाचन क्षेत्रमा चुनाव लड्ने संभावना बढेर गएको छ ।

उद्यपि महराले अझै पनि साँसदबाट राजीनामा दिइसकेका छैनन् । उनले साँसदबाट राजीनामा नदिए पनि सुवाश नेम्वाङलगायतका उनकै दलका नेताहरुले महरा निर्दोष प्रभावित नभएसम्म उनी पार्टी वा कुनै पनि सार्वजनिक पदमा रहिरहन नमिल्ने बताइसकेका छन् । महरालाई कारवाही गर्न चौतर्फी दबाब बढिरहेको बेला उनको साँसद पद रहने संभावना कमै देखिन्छ । साँसद पदबाट मुक्त भएसँगै उनी निर्वाचित भएको दाङमा आउँदो उपनिर्वाचनमा निर्वाचन हुने र त्यसमा वामदेवले मौका पाउने संभावना देखिन्छ ।

वामदेव संसदमा आउन लालयित देखिन्छन् भने नेकपाकै कतिपय नेताहरु उनलाई भित्राउन आतुर देखिन्छन् ।

Advertisement

Advertisement

Advertisement