सुस्ताबाट सुरु भयो नेपाल-भारत सिमामा पर्खाल अभियान

Advertisement

नवलपरासी । नवलपरासी जिल्ला सुस्ताबाट सिमानामा पर्खाल अभियान सुरु भएको छ । भारतले सिमा मिचेर नेपाली नागरिकलाई अत्याधिक दुःख दिएको सुस्ताबाटै सिमानामा पर्खाल अभियान सुरु भएको हो ।  नागरिक समूहले एक बिशेष कार्यक्रमको आयोजना गरि सिमानामा पर्खाल लगाऔं अभियानको सुरूवात गरेको छ ।

सिमाना मिच्न नदिई माटोको रक्षा गर्न, सिमानामा को फाईदा उठाउदै हुने बिभिन्न आतंकवादि गतिबिधिहरू हत्या हिंसा, चन्दा, अपहरण लगायतका आतंकवादि गतिबिधिहरू अन्य गर्न, सिमानामा हुने मित्रराष्ट्र भारत र चीन बिरोधी कृयाकलापहरू रोक्न, खुल्ला सिमानाको कारणले हुने नक्कलि नोटको तस्करी, पशुपंक्षी, जडिबुटिहरूको तस्करी, महिला, बालबालिका तथा मानब बेचबिखन लगायतका तस्करी हरू रोक्न, बिभिन्न गिरोहहरूले सिमानामा रहेका नागरिकहरूलाई दिने दुख, कस्ट, गुण्डागर्दी लगायतको अन्त्य गर्दै समग्रमा राष्ट्रिय सुरक्षालाईबलियो बनाउन सिमाना पर्खाल लगाउनु पर्ने अभियानका अध्यक्ष निगम हुमागाँई ले बताउनु भयो । सिमानामा पर्खाल अत्यन्तै आवश्यक रहेको भन्दै सिमाबासीले अभियानको स्वागत गरेका छन् ।

“देशको सिमानाको रक्षाका लागी ज्यान दिन तयार छौं, सिमाङकन गरि पर्खाल लगाउनु आवश्यक छ, हामी महिला बालबालिका,बृद्ववृद्वा सवै धर्म ,जाती,समुदाय,राजनैतिक पार्टिहरू यस अभियानमा एकबद्व भई साथ दिन्छौं” सुस्ता बचाउ अभियान कि महिला नेतृ लैना बेगमले भनिन् । नागरिक समूहका अध्यक्ष निगम हुमागाँईको नेतृत्वमा सचिब कृष्ण पौडेल, अभियन्ताहरू अर्जुन भूषाल,लक्ष्मण बजगाँई,प्रबिन अर्याल लगायत सुस्ता पुगेको टोलिलाई सुस्ता बचाउ अभियानका गोपाल गुरूड्, उपाध्यक्ष आदम खाँ,महिला नेतृ लैला बेगम, रविन्द्र जैसवाल लगायत स्थानीय सुस्ताबासिले भव्य स्वागत गरेका थिए ।

Advertisement

Advertisement

Advertisement