कान्तिपुर इन्जिनियरिङ कलेजको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

Advertisement

काठमाडौं । कान्तिपुर इन्जिनियरिङ कलेजले इन्जिनियरिङ र प्रविधि विषयको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन असोज ९ गते कलेज परिसर धापाखेल सम्पन्न गरेको छ ।

सम्मेलनको उद्घाटन नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का उपकुलपति डा. सुनिलबाबु श्रेष्ठले गरे । कार्यक्रममा कलेजका प्रिन्सिपल रामेश्वर रिजालले स्वागत गरेका थिए भने नेपाल इन्जिनियरिङ परिषदका उप–सभापति अर्नराज सिलवाल र नेपाल इन्जिनियर्स एसोसिएसनका उप सभापति आसीस घिमिरेले केइसी सम्मेलनका बारेमा बोलेका थिए ।

कार्यक्रमको अध्यक्षता कान्तिपुर इन्जिनियरिङ कलेजका अध्यक्ष डा. तारा पोखरेलले गरेका थिए । पोखरेलले सम्मेलन सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए । दुई वटा सिम्पोजियम, पाँच वटा शत्रमा गरी चालिसभन्दा बढिले आफ्नो खोज एवं अनुसन्धान प्रस्तुत गरेको सम्मेलनमा टोकियो सिटि युनिभरसिटीका डा. काजुया इटो र टोटल विजनेश सोलुसन, म्यानमारका डा. सोइ मोइ कवा विनले कार्यपत्र प्रस्तुत गरेका थिए ।

सम्मेलनमा नेपालभित्र र बाहिरका गरी दुईसयको सहभागिता रहेको कलेजले जनाएको छ । सम्मेलनको समापन कार्यक्रममा कलेजका सहायक प्रिन्सिपल डा. केशर प्रसाईंले उत्कृष्ट कार्यपत्रलाई पुरस्कृत गरेका थिए ।

Advertisement

Advertisement

Advertisement